यस्तो छ फिल्म बोक्सीको घरको गीत ‘बुझिन मैले’-Sutra News

यस्तो छ फिल्म बोक्सीको घरको गीत ‘बुझिन मैले’

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडाैं । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय, अत्याचार र उत्पीडनको कथामा बनेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ ।



आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।

सार्वजनिक गीतमा गायक सपुतकै शब्द रचना तथा संगीत र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गीत फिल्मको कथा हेरर तयार पारेको गीतको भिडियो र अडियोबाट बुझ्न सकिन्छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।

गायक सुपतले फिल्मको मर्म अनुसार नै आफुले गीत तयार पारेको बताएका छन् । फिल्मको गीतमा केकीका अलवा निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियालाई पनि फिचर्ड गरिएको छ । फिल्मको सार्वजनिक यो गीतले दर्शकमाझ कौतुहल्ता बढाउने बुझाई निर्माण टिमको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म अभिनेत्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको र यसले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । फिल्मको वितरण अधिकार टिफल्क फिल्मसले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट