काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा खानेपानी अभाव-Sutra News

काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा खानेपानी अभाव

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा खानेपानीको अभाव भएपछि सरोकारवालाले खानेपानी मन्त्री रामकुमार राईको ध्यानाकर्षण गराएका छन् ।



मंगलबार मन्त्रालय पुगेर त्यस क्षेत्रका सांसद, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाले मन्त्री राईलाई भेटेर खानेपानी समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।

उपत्यकामा पानी वितरणका लागि ठूलो ट्याङ्की निर्माण गरिएका क्षेत्र वरपरका जनतालाई खानेपानी अभाव भएकाले गम्भीर हुन उनीहरुले माग गरेका थिए । यस क्रममा मन्त्री राईले समस्या समाधानका लागि सरकारको तर्फबाट समस्या सम्बोधन गर्न प्रयत्न हुने आश्वस्त पारे ।

जनप्रतिनिधि, निर्माण व्यवसायी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीचको छलफलका आधारमा समस्या समाधान गर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट