इलाममा एमालेलाई जिताउन माओवादीसँग छलफल भइरहेको दाबी-Sutra News

इलाममा एमालेलाई जिताउन माओवादीसँग छलफल भइरहेको दाबी

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने बताएका छन् ।



नेता पन्तले उपनिर्वाचनबारे माओवादीसँग छलफल भइरहेको भन्दै एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् । यसअघि इलाममा एमालेले निरन्तर जितेको र यसपटक सम्भावना भएका व्यक्तिलाई उम्मेदवार बनाएको उनको दाबी छ ।

पन्तले अहिलेको सहयात्रालाई बलियो बनाउन माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दाबी गरे । एमालेले पहिचानका नाममा राष्ट्रिय एकता कमजोर बनाउने काम नगर्ने उनले बताए ।

त्यस्तै पन्तले गृहमन्त्रीविरुद्ध छानविनका लागि कांग्रेसले माग गरेको संसदीय समिति गठनको मागप्रति पुर्नविचार गर्ने बताए । सदनमा कुनै विषयको उठान गरेपछि टुङ्गो लगाउनु पर्ने दायित्व सोही दलकै रहेको भन्दै अहिले कांग्रेसलाई संसदीय छानविन समितिको विषयलाई छाड्न कठिन भएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट