भारतीय टोलीविरुद्ध नेपालको दोस्रो जित-Sutra News

भारतीय टोलीविरुद्ध नेपालको दोस्रो जित

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली टोली आफ्नो दोस्रो खेलमा विजयी हात पारेको छ । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कपमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो । नेपालले बरोडलाई अन्तिम बलमा अलआउट गरेको हो ।



टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० बनाएका थिए । दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे ।

सन्दीप जोराले २९ रन बनाउँदा ओपनर आसिफ शेख र कुशल भुर्तेलले समान ९-९ रन बनाए । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए ।

कप्तान रोहित पौडेलले १८ र गुलशन झा १३ रन बनाए । बलिङतर्फ भारतीय टोलीका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट