नाबालिगले विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते-Sutra News

नाबालिगले विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।



गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । करिब ८०० विद्यार्थी र ९० जना कर्मचारी भएको विद्यालयमा कक्षा एकदेखि नौसम्म अध्ययन गर्ने ७-१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गोली काण्डमा बालबालिका घाइते भएका छन् । प्रहरीलाई बिहान घटनाको जानकारी भएपछि घटना स्थलमा तैनाथ गरिएको थियो । पछि संदिग्ध र घाइते दुवै नाबालिग भएको पुष्टि गरिएको थियो ।

गोली काण्डपछि भान्ताको संकट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । घटना स्थलका तस्बीरहरूले विद्यालयमा ठूलो संख्यामा प्रहरी रहेको देखाएको छ ।

प्रहरीले जनतालाई संकट ग्रस्त क्षेत्रबाट टाढा रही सम्भव भएसम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितका लागि ढोका नखोल्नसमेत पनि प्रहरीले विज्ञप्तिमार्फत जनतालाई सूचना जारी गरेको छ ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार फिनल्याण्डको विद्यालयमा गोली चल्दा केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट