![Nepal1](https://www.sutranews.com/wp-content/uploads/2024/02/Nepal1.jpg)
![नेपालले भारतीय टोलीलाई दियो १५७ रनको लक्ष्य](https://www.sutranews.com/wp-content/uploads/2024/02/Nepal1.jpg)
काठमाडौं । भारत भ्रमणमा रहेको नेपालको टोलीले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे ।
सन्दीप जोराले २९ रन बनाए । ओपनर आसिफ शेख र कुशल भुर्तेलले समान ९–९ रन बनाए आउट भए । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए ।
कप्तान रोहित पौडेलले १८ र गुलशन झा १३ रन बनाए । बलिङतर्फ भारतीय टोलीका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए ।