गठबन्धनभित्र भएन सहमति, कर्णाली प्रदेशसभा बैठक स्थगित-Sutra News

गठबन्धनभित्र भएन सहमति, कर्णाली प्रदेशसभा बैठक स्थगित

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । गठबन्धन दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच केन्द्रको सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।



दलहरुबीच सहमति नजुटेपछि मुख्यमन्त्री शर्माले बुधबारका लागि बैठक सार्न आग्रह गर्दै पत्र लेखेका थिए । उनले विशेष कारणवश आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्न असमर्थ रहेको बताएका छन् ।

दुई दलको शीर्ष तहमा कर्णालीको नेतृत्व एमालेले लिने सहमति भएको थियो । सोही सहमतिका आधारमा एमालेले मुख्यमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग गरेको छ । मुख्यमन्त्री शर्माले भने विश्वासको मत लिएपछि राजीनामाको सन्दर्भमा छलफल गर्न सकिने अडान लिएका छन् ।

दुई दलबीच मंगलबार बिहानैदेखि छलफल भएको थियो । तर, सहमति नजुटेपछि मुख्यमन्त्री शर्माले बैठक स्थगित गर्न पत्र पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट