रेशमको श्रीमान श्रीमतीलाई मिलेर जान प्रधानमन्त्रीको सुझाव-Sutra News

रेशमको श्रीमान श्रीमतीलाई मिलेर जान प्रधानमन्त्रीको सुझाव

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक र अध्यक्षलाई बोलाएर छलफल गरेका छन् ।



नाउपाका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई बोलाएर प्रधानमन्त्रीले छुट्टाछुट्दै छलफल गरी मिलेर जान सुझाव दिएका हुन् । उनीहरू श्रीमान श्रीमती हुन् । श्रीमान श्रीमतीको विवादका कारण नाउपा विभाजन हुने मोडमा पुगेको छ ।

मंगलबार प्रधानमन्त्रीले छलफल गर्ने दुवै जना छुट्टाछुट्टै बोलाएका थिए । सो क्रममा उनीहरूलाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह थियो ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले रञ्जितासँग छलफल गरेका छन् । ओली भेट्न रञ्जिता बालकोट पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट