ओरालोमा नेप्से : एकल अंकले घट्दा १२७ कम्पनीका लगानीकर्ताले गुमाए नाफा-Sutra News

ओरालोमा नेप्से : एकल अंकले घट्दा १२७ कम्पनीका लगानीकर्ताले गुमाए नाफा

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । लगातार गिरावटका बीच मंगलबार १.८५ अंकले घट्दै बजार २०१०.२१ को बिन्दुमा अडिएको छ ।



नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १२७ कम्पनीका लगानीकर्ताले नाफा गुमाए । कारोबारमा आएका २४४ कम्पनीमध्ये १२७ कम्पनीका लगानीकर्ताले नाफा गुमाउँदा १०९ कम्पनीका लगानीकर्ता फाइदामा गए । यस दिन ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

एकल अंकले घटेपनि बजारमा गुँरास लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने लघुवित्त समूहकै गणपति लघुवित्त, उपकार लघुवित्त र विन नेपाल लघुवित्तको मूल्य उच्च अंकले बढ्यो । यस दिन ज्योति विकास बैंकको ऋणपत्र र मनकामना इमर्जिङ्ग हाइड्रोको मूल्यमा भने उच्च अंकले गिरावट आयो ।

स्टक एक्सचेन्जका अनुसार यस दिन ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको भएको छ । स्टक एक्सचेन्जका अनुसार यस दिन सर्वाधिक गोर्खास् फाइनान्स, सवोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी होटललगायतको कारोबार उच्च रह्यो ।

लगातार उच्च अंकको गिरावटका बीच मंगलबार झिनो अंकले भएको गिरावटलाई हेर्दा बजार क्रमशः सुधार हुने स्थितिमा आउँदै गरेको आकंलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट