भारतीय टोली बरोडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, यसरी हेर्नुहोस् लाइभ-Sutra News

भारतीय टोली बरोडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, यसरी हेर्नुहोस् लाइभ

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । नेपाली टोलीले त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग पहिला ब्याटिङ गरेको छ ।



भारत भ्रमणमा रहेको नेपाली टोलीले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई पाँच विकेटले हराएको थियो ।

नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट