मुम्बईको कप्तानी रोहित शर्मालाई दिनु पर्ने सुझाव-Sutra News

मुम्बईको कप्तानी रोहित शर्मालाई दिनु पर्ने सुझाव

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । भारतीय टिमका पूर्व ब्याट्सम्यान मनोज तिवारीले मुम्बई इण्डियन्सले रोहित शर्मालाई कप्तानी फिर्ता दिनु पर्ने बताएका छन् । पाँच पटकको इण्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियनको चालु सिजनमा अहिलेसम्मको प्रदर्शन निराशाजनक रहेको छ ।



हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बईले लगातार तीन खेलमा हार बेहोरेको छ । पाण्ड्यालाई आईपीएलको १७ औँ सिजनमा मुम्बईले गुजरात टाइटन्ससँग ट्रेड गरेको थियो । त्यसपछि रोहित शर्माको स्थानमा उनलाई कप्तान बनाएको थियो ।

तर, पहिलो वर्ष गुजरात टाइटन्सलाई आईपीएल च्याम्पियन बनाएका पाण्ड्याको मुम्बईमा पुनरागमन सुखद रहेन । उनको कप्तानीमा मुम्बईले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।

राजस्थानसँग मुम्बईको हारपछि मनोज तिवारीले क्रिकबजसँग कुरा गर्दै रोहितलाई फेरि कप्तानी दिनु पर्ने बताए । वानखेडे स्टेडियममा भएको खेलमा राजस्थानले मुम्बईलाई ९/१२५ रनमा सीमित गरेपछि २७ बल बाँकी रहँदा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट