जाहेरी दिँदैमा छानविन गर्न संसदीय समितिको आवश्यक छैन- गृहमन्त्री लामिछाने-Sutra News

जाहेरी दिँदैमा छानविन गर्न संसदीय समितिको आवश्यक छैन- गृहमन्त्री लामिछाने

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयको जवाफ सदनमा उभिएर दिन पाउनु पर्ने बताएका छन् ।



मंगलबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारीलगायत विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनु पर्ने बताएका हुन् । लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुरा सदनमा उठाउन पाउनु पर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनु पर्ने बताए ।

लामिछानले गृह मन्त्रालयको काम कारवाही, विपत व्यवस्थापनको तयारी, भूकम्प पीडितको पुर्नवासलगायत विषयमा आफूले जवाफ दिन चाहिरहेको जिकीर गरे । उनले जाहेरी दिँदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी भएको बताए । कसैमाथि प्रश्न उठ्दैमा आतिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट