पाँच सय कमाउने कपिल शर्मा तीन सय करोडको मालिक कसरी बने ?-Sutra News

पाँच सय कमाउने कपिल शर्मा तीन सय करोडको मालिक कसरी बने ?

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । कपिल शर्मा एक भारतीय स्ट्यान्ड-अप हास्य कलाकार, टेलिभिजन प्रस्तुतकर्ता, अभिनेता र निर्माता हुन् । कपिलको कलाकारिता यात्रा ‘कमेडी नाइट्स विथ कपिल’, ‘द कपिल शर्मा शो’ हुँदै अहिले ‘द ग्रेट इन्डियन कपिल शो’सम्म आइपुगेको छ ।



उनै चर्चित कमेडियन तथा कलाकार कपिल शर्माले आज आफ्नो ४३ औँ जन्मदिन मनाइरहेका छन् । एउटा सानो लाफ्टर शोबाट डेब्यु गरेका कपिलले ‘द कपिल शर्मा शो’ को धेरै सिजन पूरा गरी देश तथा विदेशमा लोकप्रिय बने ।

अहिले हालै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको ‘द ग्रेट इन्डियन कपिल शो’ नामक ठूलो शो चलाउँदै आएका उनी पछिल्लो पटक करिना कपुर, तब्बु र कृति सेननसँग हालै रिलिज भएको फिल्म ‘क्रू’मा देखिएका कारण थप चर्चामा छन् ।

पन्जाबको अमृतसरमा जन्मिएका कपिल शर्मा आज यति लोकप्रिय कसरी बने र पहिलो पटक पाँच सय भारू तलब भएको कपिल अहिले तीन सय करोडको मालिक कसरी बने त ?

कपिल शर्माको जन्म २ अप्रिल १९८१ मा पन्जाबको अमृतसरमा भएको थियो । उनका बुबा जितेन्द्र कुमार हेड कन्स्टेबल थिए । आमा जानकी रानी गृहिणी थिइन् ।

कपिलका एक ठूला दाजु र बहिनी छन् । भनिन्छ, ‘उनी बाल्यकालदेखि नै धेरै चुलुबुले थिए । उनका साथीहरूलाई पनि टिभी हेरेर कलाकारको नक्कल गर्न निकै मन पर्थ्यो । तिनीहरूले सधैँ आफ्ना साथीहरू र अन्य मानिसहरूलाई तिनीहरूको अनौठो कार्यहरूद्वारा हँसाउँथे ।

कपिल शर्माले सानै उमेरमा बुवा गुमाएका थिए । भनिन्छ कि उनका बुवा जितेन्द्रलाई क्यान्सर थियो । जसका कारण उनको मृत्यु भयो । त्यति बेला कपिलको उमेर मात्र २२ वर्ष थियो । बुवाको निधनपछि कपिलको परिवारले आर्थिक समस्या पनि भोग्नु परेको थियो । तर, बुवाको मृत्युपछि कपिललाई पुलिस विभागमा जागिरको अफर आयो ।

उनले त्यसलाई अस्वीकार गरे । किनभने उनी सानैदेखि गायक बन्न चाहन्थे । कपिल पछि थिएटरमा लागे । धेरै नाटकहरूमा भाग लिए । आफ्नो संघर्षको प्रारम्भिक चरणमा उनले पिसिओ बुथमा काम गरे । जहाँ उनलाई पाँच सय भारु तलब दिइयो । त्यसपछि कपिलले दसौँ कक्षा उत्तीर्ण गरे र एक कपडा मिलमा काम गरे । जहाँ उनलाई महिनाको ९०० रुपैयाँ मिल्थ्यो ।

आफ्नो कमाइबाट उनले संगीत सिके । कपिल ग्रेजुएशनको पढाइका क्रममा बिदाको समयमा कामको खोजीमा मुम्बई गएका थिए । तर, उनलाई अमृतसर फर्किनु परेन । उनले मुम्बईमै आफूलाई स्थापित गर्न सके ।

उनले द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज कमेडी बाट आफ्नो करियर सुरु गरे । त्यसपछि द कपिल शर्मा सो को धेरै सिजनहरू होस्ट गरे र यही शो लाई कपिलको जीवनको टर्निङ प्वाइन्टको रूपमा लिन सकिन्छ । त्यसपछि कपिलले आफ्नो जीवनमा कहिले पछि फर्केर हेर्नु परेन ।

उनले सफलताको शिखर चढिरहे । आज कपिलले लाखौँ दर्शकको दिल जित्नुको साथै उनी तीन सय करोडको सम्पत्तिका मालिक छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट