आज नेपाल र भारतीय टोली बरोडा खेल्दै, जितको खोजीमा दुवै टोली-Sutra News

आज नेपाल र भारतीय टोली बरोडा खेल्दै, जितको खोजीमा दुवै टोली

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाल क्रिकेट टोलीले त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आज दोस्रो खेलमा बरोडासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ ।



यसअघि नेपालले पहिलो खेल गुजरातसँग खेलेको थियो । उक्त खेलमा नेपाली टोली ८ विकेटले विजयी भएको थियो । गुजरातले सोमबार बरोडालाई पाँच विकेटले हराएको थियो ।

नेपालको पहिलो खेलमा गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झा एक्लैले चार र करण केसीले तीन विकेट लिएका थिए । जम्मा ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो । त्यसैले बेञ्चका खेलाडीले मौका पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट