कांग्रेसकाे आराेप : लामिछाने गृहमन्त्री बनेसँगै सहकारी ठगी प्रकरणमाथिकाे छानबिन राेकियाे-Sutra News

कांग्रेसकाे आराेप : लामिछाने गृहमन्त्री बनेसँगै सहकारी ठगी प्रकरणमाथिकाे छानबिन राेकियाे

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका रवि लामिछाने गृहमन्त्री बनेसँगै सरकारी प्रकरणमाथिकाे छानबिन राेकिएकाे आराेप लगाएकाे छ । प्रतिनिधिसभाको मंगलबारकाे बैठकको सुरुमै बाेलेका कांग्रेसका सांसद रामकृष्ण यादवले यस्ताे आराेप लगाएका हुन् ।



‘जब प्रश्न उठाउने ठाउँबाट माननीय रवि लामिछाने गृहमन्त्री बन्नुभयाे, तब सहकारीकाे छानबिन प्रक्रिया राेकिएकाे छ’, यादवले भनेका छन्, ‘प्रहरी र प्रधानमन्त्री गृहमन्त्री नमुछिएकाे भनेपछि अनुसन्धान स्वभाविक प्रभावित भएकाे देखिन्छ । अनुसन्नधान राेकिएकाले विश्वासकाे संकट उत्पन्न भएकाे छ ।’

सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुकाे विकल्प नभएकाे कांग्रेसकाे भनाई छ ।

सहकारी प्रकरणकाे स्पष्ट नभएसम्म लामिछाने सधैँ प्रश्नकाे घेरामा रहने उनकाे भनाई छ । लामिछानेकै लागि भएपनि छानबिन गरिनु अनिवार्य भएकाे उनकाे भनाई छ ।

लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट रु ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग उनले गरे ।

सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे । उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट