काठमाडौं । नयाँ नेपाली फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को निर्माण घोषणा गरिएको छ ।
राजु गिरीको निर्देशनमा बन्ने फिल्मको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी साउन २० गतेबाट फ्लोरमा जाने गरी निर्माण घोषणा गरिएको हो ।
उसो त, निर्देशक गिरी निर्देशित दुई फिल्म रिलिज हुन सकेका छैनन् । उनले निर्देशन गरेको फिल्म ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ, भने ‘नम्बरी सुन’को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन ।
जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्म ‘डल्लेले इन्ट्री मार्यो’मा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ । निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन् ।
बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन् ।