उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य-Sutra News

उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । लगातार बृद्धिपछि रेकर्ड कायम गरेको सुनको मूल्यमा साताको तेस्रो कारोबार दिन मंगलबार भने गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन एक लाख ३० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँ थियो ।

सुनको मूल्य घटेपनि यस दिन चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबारको तुलनामा चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघको भनाई छ । अन्तराष्ट्रिय बजारको ट्रेण्डलाई हेर्दा सुनको मूल्यमा अझै उतारचढाव आउनसक्ने व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट