विश्वासको मत दिने बेला दुई घण्टा हराएकी रमा आले बनिन् मन्त्री-Sutra News

विश्वासको मत दिने बेला दुई घण्टा हराएकी रमा आले बनिन् मन्त्री

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । बागमती प्रदेश सरकारमा एकीकृत समाजवादीकी रमा आले मगर विना विभागीय मन्त्रीमा नियुक्त भएकी छिन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार आलेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।



मन्त्रीमा नियुक्त आलेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार नै पद तथा गोपनियताको सपथ गराएका छन् । आले एकीकृत समाजवादीकी एक्ली प्रत्यक्ष निर्वाचित महिला सांसद हुन् ।

आले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनार्थ सोमबार बोलाइएको प्रदेशसभाको बैठकमा मन्त्री पद दिनुपर्ने माग राख्दै दुई घण्टा बढी हराएकी थिइन् । आले हराउँदा प्रदेशसभाको बैठक दुई घण्टा बढी प्रभावित भएको थियो ।

मन्त्री दिने सहमतिपछि मात्रै आले प्रदेशसभाको बैठकमा उपस्थित भएकी थिइन् ।

सिंगो एकीकृत समाजवादीले पनि मुख्यमन्त्री जम्कट्टेललाई मत दिन सर्तहरु अगाडि सारेको थियो । एकीकृत समाजवादीले मुख्यमन्त्रीमा आलोपालोसहित एक प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त राखेको थियो । जुन सर्तमा सहमतिपछि मात्रै एकीकृत समाजवादीले जम्कट्टेललाई मत दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट