बसन्तको ‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल-Sutra News

बसन्तको ‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’को केन्द्रीय भूमिकामा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् ।



घोषणा गरिएको १० महिना सम्म पनि छायांकनमा जान नसकेको यो फिल्मको निर्माण पक्षले जितुसँग शक्रबार कागजी सम्झौता गरेको हो ।

रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुन् लागेको सामाजिक कथा वस्तुमा पारिवारिक कमेडी शैलीको फिल्मलाई ओएसआर डिजिटल र मौसम फिल्मस्ले सहकार्य गरेर संयुक्त रूपमा निर्माण गर्न लागिएको छ ।

फिल्मलाई आगामी वर्ष (२०८१)को तिहारमा प्रदर्शन गरिँदै छ । फिल्मको निर्माताहरूमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ छन् भने विजय बस्याल कार्यकारी निर्माता हुन् ।

सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन रहेको फिल्मको आगामी वैशाख १५ गतेबाट छायांकन सुरु गर्ने तयारी भइरहेको छ ।

निर्देशक निरौलाले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले यसअघि आफूले निर्देशन गरेका फिल्मभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने दाबी गरेका छन् ।

यता, हास्य कलाकारको रूपमा चर्चित रहेका जितुको फिल्ममा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरू पनि उनलाई अनुबन्धित गर्न लालायित देखिएका छन् । जितु पनि फिल्ममा केन्द्रित हुँँदैछन् ।

‘छक्का पञ्जा’ समूहबाट अलग्गिएपछि जितुले स्वतन्त्र रूपमा बाहिरी फिल्ममा काम गर्दै आइरहेका छन् । गत वर्ष उनी अभिनीत फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको थियो नलाई यो फिल्मबाट ठूलो अपेक्षा थियो । तर, नतिजा सुखद आएन । यद्यपि, उनले आफूलाई गम्भीर भूमिकामा केही हदसम्म प्रमाणित गरे । जितु चाँडै फिल्म ‘कार्साङ’मा पनि काम गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट