मेष, मिथुन र कन्या राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

मेष, मिथुन र कन्या राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

आजको राशिफल विं.सं. २०८० चैत २० गते मंगलबार । सन् २०२४ अप्रिल २ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः५३ बजे भयो भने सूर्यास्त साँझ ६ः२१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल :



मेष

सकारात्मक कार्यमा व्यस्तता बढ्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । दिनको पूर्वार्द्ध भेटघाटले नै रमाइलो होला । धन कमाउने अवसर पनि मिल्ने योग छ । रोकिएका काम छन् भने आज पुनः प्रयत्न गर्नु उपयुक्त हुनेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्नेछ ।

बृष

पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले भने सताउन सक्ने योग छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । मित्रमिलन हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त होला । यात्रा सफल रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

समय त्यत्ति अनुकुल छैन । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । आजको दिन अरूको विश्वास नगर्नु नै हितकर होला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न मुस्किल नै देखिन्छ । व्यस्तता बढ्नेछ । तथापि साथीभाइको सहयोग प्राप्त हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने समय छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुने योग छ । आरोग्यता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या

मेहनतले धेरै काम बनाउन सकिने दिन छ । बोलीको प्रभावले शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । कुनैपनि समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला । आज आफ्ना नातेदारहरुसंग झैझगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ । आजको दिन सवारीसाधन चलाउदा पनि सावधान रहनुहोला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।

बृश्चिक

लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । आफ्ना योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । आफ्ना प्रशंसकहरू बढ्नेछन् तर इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । मान–सम्मान पाइनेछ तर पनि गरि रहेको काममा केही समस्या पर्न सक्छ, सावधान रहनुहोला । सुख र आरोग्यता बढ्नेछ । प्रेमभाव बढ्नेछ ।

धनु

विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आफन्तजन भने असन्तुष्ट रहलान् । केही मात्रामा व्यस्तता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइने दिन छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । कर्मृबलका साथै आय बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त होलान् ।

कुम्भ

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुर्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यप्रति विशेष ख्याल राख्नु हितकर होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

आलोचकहरू बढ्ने र शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्ने योग रहेपनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्ला । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु हितकर हुनेछ । दौडधुपका साथै जोखिम बढ्नेछ । साझेदारीको काम बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट