पाकिस्तानी पूर्व प्रधानमन्त्री खानलाई राहत, भ्रष्टाचारको मुद्दा रोकियो-Sutra News

पाकिस्तानी पूर्व प्रधानमन्त्री खानलाई राहत, भ्रष्टाचारको मुद्दा रोकियो

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजाय रोकिदिएको छ ।



पूर्व क्रिकेटर ७१ वर्षीय खानले योबाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकाले उनी जेल मुक्त भने हुने छैन ।

खानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता अहमद जान्जुआले इस्लामाबाद उच्च अदालतले पूर्व क्रिकेट स्टारलाई राज्यको उपहार बेचेको आरोपमा सुनाइएको भ्रष्टाचारको आरोपलाई रोकिदिएको पुष्टि गरे ।

उनका अनुसार जिल्ला अदालतले सिमित वकिलको पहुँच दिएको छ तर प्रतिरक्षा पक्षलाई बहस टुङ्ग्याउन नदिई हतारमा निर्णय लिएको छ ।

पाकिस्तानमा फेब्रुअरीमा भएको आम निर्वाचनको केही दिनअघि खानलाई तीन वटा सजाय सुनाइएको थियो । विश्लेषकले पूर्वप्रधानमन्त्री र उनको पार्टी पीटीआईलाई राजनीतिक प्रतिशोधका कारण चुनावमा सहभागी हुनबाट रोक्ने उद्देश्यले मुद्दा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट