बलिउडको २०२४ मा अवस्था खराब : फिल्मको व्यापार पाँच सय करोड कटेन-Sutra News

बलिउडको २०२४ मा अवस्था खराब : फिल्मको व्यापार पाँच सय करोड कटेन

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । बलिउड फिल्मका लागि २०२४ त्यति राम्रो देखिएको छैन । यस वर्षको शुरुका तीन महिना बितिसकेको छ ।



सन् २०२३ मा पाँच सय करोड भारूको चार फिल्म रिलिज भएपछि सन् २०२४ बाट बक्स अफिसमा धेरै अपेक्षा गरिएको थियो । तर, अहिलेसम्म कमाईको मामिलामा बक्स अफिस चिस्सिएको छ । चौथो महिना सुरु भए पनि अहिलेसम्म बक्स अफिसमा कुनै पनि फिल्मले पाँच सय करोड कमाई गर्न सकेका छैनन् । अहिलेसम्म फिल्म ‘हनुमान’ले विश्वभर ३३० करोडको आँकडा छुन सकेको छ ।

२०२४ को पहिलो तीन महिनामा रिलिज भएका शीर्ष ११ फिल्मको कलेक्शन पनि जनवरी २०२३ मा रिलिज भएको ‘पठान’को भारतीय कलेक्शनको बराबर छैन । गत वर्षको पहिलो तीन महिनामा बलिउडले करिब १५०८ करोड भारू कमाएको थियो । जसमा पठानको कमाई सबैभन्दा बढी थियो ।

जनवरी २५, २०२३ मा रिलिज भएको शाहरुख खानको पठानले भारतीय बक्स अफिसमा करिब ६५४ करोड भारू कमाएको थियो । योसँगै ग्लोबल बक्स अफिसमा यसको कमाई १०५० करोड थियो ।

जनवरी-मार्च २०२४ को बीचमा जम्मा १३ वटा बलिउड फिल्म थिएटरमा रिलिज भएका छन् । जसमध्ये शीर्ष ११ फिल्मको विश्वव्यापी बक्स अफिस कलेक्सन करिब ८९९.९४ करोड छ । जबकि भारतीय बक्स अफिसमा मात्र यी फिल्मको कलेक्सन ६१०.५५ करोड रहेको छ ।

यस वर्ष रिलिज भएका फिल्ममध्ये फाइटरले बक्स अफिसमा २१२ करोड भारु तथा विश्वभर ३३७ करोड कमाएको छ । त्यस्तै, अजय देवगनको शैतानले भारतमा १३२ करोड कमाएको छ भने विश्वभर १८७ करोड भारु कमाएको छ ।

त्यस्तै शाहिद कपुरको फिल्म ‘तेरी बातो मे ऐसा उल्झा जिया’ले भारतमा ८७ करोड कमायो भने विश्वभर १३३ करोड कमाएको थियो । त्यस्तै ‘आर्टिकल ३७०’ले भारतमा ७८ करोड र विश्वभर १०५ करोड कमाएको थियो ।

यस्तै, फिल्म ‘शैतान’को एक सातापछि रिलिज भएको फिल्म ‘योद्धा’मा धेरै शक्तिशाली एक्सन दृश्यहरू छन् र धेरै ट्विस्टहरू पनि छन् । जहाँ कहिलेकाहीँ कथाले यस्तो मोड लिन्छ- जुन तपाईंले सोच्नुहुन्न । यति हुँदाहुँदै पनि कलेक्शनको हिसाबले फिल्म खराब सावित भएको छ । ‘योद्धा’ले १७ औँ दिन अर्थात तेस्रो आइतबार मात्रै ४९ लाख भारू कमाएको छ । समग्रमा यो फिल्मले अहिलेसम्म ३४.३३ करोड मात्रै कमाएको छ ।

हालै रिलिज भएको फिल्म ‘क्रु’ले बक्स अफिसमा धमाका मच्चाएको छ । तीन नायिकाहरूलाई केन्द्रमा राखेर तयार भएको यो फिल्मले विकेण्डमा ३२ करोडको कलेक्शन गरेको छ । फिल्मले शुक्रबार १०.२८ करोडको सुखद ओपनिङ गरेको थियो ।

यस्तै, शनिबार फिल्मको व्यापार १०.८७ करोड र आइतबार ११.४५ करोड रह्यो । तीन दिनमा नै फिल्मले लगानी उठाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यता, अप्रिलको सुरुवातमा दुई ठूला फिल्मको भिडन्त हुनेछ । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ बक्स अफिसमा अजय देवगनको फिल्म ‘मैदान’सँग भिडन्त हुने भएको छ ।

५६ वर्षीय अक्षय कुमारको ‘बडे मियाँ छोटे मियाँ’बाहेक अन्य तीन फिल्म रिलिज हुनेछन् । जसमा ‘सिंघम अगेन’ अगस्ट १५ मा, ‘स्काई फोर्स’ अक्टोबर २ र ‘वेलकम टु द जङ्गल’ डिसेम्बर २० मा रिलिज हुनेछ ।

योसँगै अजय देवगन एक मात्र बलिउड स्टार हुन् । जसका ६ फिल्म यस वर्ष रिलिज हुनेछन् । जसमध्ये ‘शैतान’ रिलिज भइसकेको छ भने अब ‘मैदान’ डिसेम्बर १० गते रिलिज हुँदैछ । यसबाहेक अजय ‘सिंघम अगेन’, ‘रेड २’, ‘अरों मे कहाँ दम था’ र ‘गोलमाल ५’ जस्ता फिल्ममा देखिने छन् ।

‘सिंघम अगेन’ फेरि ‘पुष्पा २’सँग भिड्ने छ । वरुण धवन स्टारर वीडी-१८ मे ३० मा रिलिज हुनेछ । यो सुपरहिट तमिल फिल्म थेरीको रिमेक हो । कार्तिक आर्यन स्पोर्ट्स बायोपिकमा देखिने भएका छन् । यो फिल्म १४ जुनमा हलमा रिलिज हुनेछ ।

जुलाईमा कुनै ठूलो फिल्म रिलिज हुने छैन । तर, अगस्टमा बलिउड र साउथबीच कडा टक्कर हुनेछ । अजय देवगन, दीपिका पादुकोण स्टारर सिंघम ३ अगस्ट १५ मा रिलिज हुँदैछ । जुन अल्लु अर्जुनको फिल्म पुष्प २ सँग टक्कर हुनेछ ।

बलिउडभन्दा साउथका लागि सन् २०२४ राम्रो साबित भएको छ । तमिल, तेलुगु र मलायालम भाषामा रिलिज भएका यी फिल्महरूले ग्लोबल बक्स अफिसमा करिब १०६५.३९ करोड भारू कमाए ।

कन्नडमा कुनै पनि ठूला फिल्म रिलिज भएनन् । सबैभन्दा धेरै कमाउने साउथ फिल्म तेजा सज्जाको ‘हनुमान’ थियो । जसले विश्वव्यापी रूपमा ३३० करोड कमाएको थियो । यसबाहेक महेश बाबुको ‘गुंटुर करम’ र ‘क्याप्टेन मिलर’ ले पनि १०० करोडभन्दा बढी कमाइ गरेका छन् ।

सबैभन्दा महँगो फिल्म ‘कल्की २८९८ इस्वी’ रहेको छ । बजेट हेर्दा सबैभन्दा ठूलो बाजी तेलुगु फिल्मका चर्चित निर्देशक नाग अश्विनले बनाएको ‘कल्की २८९८ इस्वी’मा लगाइएको छ । यस प्यान इन्डियन फिल्ममा प्रभाससँगै दीपिका पादुकोण र अमिताभ बच्चन पनि देखिने छन् । फिल्मको रिलिज मिति ९ मे हो । यसअघि २४ जनवरीमा रिलिज हुने तय भए पनि पछि सारिएको थियो ।

यो फिल्म प्रभासका लागि निकै महत्वपूर्ण साबित हुन लागेको छ किनभने गत वर्ष उनको फिल्म ‘आदिपुरुष’ ६ सय करोडको बजेटमा बनेको थियो । तर, त्यो फ्लप साबित भयो । जहाँ प्रभासको अर्को फिल्म ‘सालार’ले ५९० करोडको व्यापार गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट