कारोबारसँगै घट्यो शेयर बजार-Sutra News

कारोबारसँगै घट्यो शेयर बजार

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । सोमबार ६.२६ अंकले घट्दै बजार २०१२.०७ को बिन्दुमा ओर्लिएको छ । समग्रमा बजारमा ०.३१ प्रतिशतले गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



लगातार गिरावटका बीच शेयर बजारमा कारोबार रकम पनि घटेको छ । ७२ लाख ९० हजार दुई सय कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम दुई अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको भयो ।

जुन आइतबारको तुलनामा कम हो । आइतबार शेयर बजारमा कारोबार रकम तीन अर्ब रुपैयाँ बढीको भएको थियो ।

घटेको बजारमा सोमबार अधिकांश कम्पनीको मूल्यमा पनि गिरावट आएको छ । स्टक एक्सचेन्जका अनुसार सोमबार कारोबारमा आएका २४५ मध्ये १५१ कम्पनीको मूल्यमा गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन ८६ कम्पनीको मूल्यमा सामान्य बृद्धि हुँदा ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

सोमबार यसअघि जस्तै सर्वोत्तम सिमेन्ट, सिबम् सिमेन्ट, गुराँस फाइनान्सको कारोबार उच्च रहेको छ । सर्वोत्तम सिमेन्टको पाँच लाख १४ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट