बस दुर्घटना हुँदा चारको मृत्यु-Sutra News

बस दुर्घटना हुँदा चारको मृत्यु

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।



गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्टमार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको मृत्यु उल्लेख गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

घटनामा करिब २० जना घाइते भएको स्थानीय मिडियाले आपत कालीन उद्धारकर्तालाई उद्धृत गर्दै जनाएका छन् । जबोआटाओका मेयर मानो मेडिरोसले सामाजिक सञ्जाल एक्समार्फत गम्भीर दुर्घटनाको कारणबारे स्पष्ट भइनसकेको बताए ।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चार माध्यममा सम्प्रेषण भएको दुर्घटनाको भिडिओमा ठाडो उकालो सडकबाट बस एकाएक तल जुलुसमा सहभागी भएका मानिसहरूको भिडमा बजारिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट