गाजामा ६ सय इजरायली सैनिकको मृत्यु-Sutra News

गाजामा ६ सय इजरायली सैनिकको मृत्यु

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०
फाइल तस्बिर

काठमाडौं । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६ सय जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।



इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।

हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६ सय पुगेको इजरायली सेनाले जनाएको छ ।

यद्यपि, यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजामा चलिरहेको भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्र संघसमेत अन्तर्राष्ट्रिय समूदायले तत्काल युद्ध विराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट