नेपाल ‘ए’ले पायो पहिला ब्याटिङ गर्ने निम्तो-Sutra News

नेपाल ‘ए’ले पायो पहिला ब्याटिङ गर्ने निम्तो

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’बीच तेस्रो टी २० क्रिकेट खेल सुरु हुँदै छ । अन्तिम टी २० अभ्यास खेलमा आयरल्याण्ड एले टस जितेको छ ।



त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्याण्डका कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । योसँगै नेपालले ब्याटिङको निम्तो पाएको छ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्याण्डसँग नेपाल पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

यसअघिका दुवै खेलमा नेपालले सुरुआती ब्याटिङ उत्कृष्ट गरे पनि मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हार बेहोर्नु परेको हो ।

नेपाल ए को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, आरिफ शेख, नारायण जोशी, बसिर अहमद र राशिद खान छन् । त्यस्तै बेन्चमा हेमन्त धामी, अर्जुन घर्ती, विकास आग्री र किरण ठगुन्ना छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट