पूर्वकप्तान धोनीको टोली पराजित हुँदा दिल्लीका कप्तानलाई १९ लाख जरिवाना-Sutra News

पूर्वकप्तान धोनीको टोली पराजित हुँदा दिल्लीका कप्तानलाई १९ लाख जरिवाना

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । भारतीय प्रिमियर लिग (आईपीएल)को आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना गरिएको छ ।



भारतीय टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नाई सुपर किंग्सविरुद्ध स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि) कप्तान पन्तले जरिवाना तिर्नु परेको हो । खेलमा चेन्नाई २० रनले पराजित भएको थियो ।

जारी आईपीएलमा स्लो ओभर रेटका कारण यसअघि गुजरात टाइटन्सका शुभमन गिलले पनि जरिवाना तिरेका थिए । गत मंगलबार गिलले पनि चेन्नाईविरुद्ध नै कारबाहीमा परेका थिए ।

खेलमा कप्तान पन्तले अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनको इनिङ खेलेका थिए ।

विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट