सुनको मूल्यमा फेरि नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबारको तुलनामा एकै पटक तोलमा एक हजार छ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।



महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँ छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ थियो ।

सोमबार तेजाबी सुनको मूल्य एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य रेकर्ड राख्नेगरी बृद्धि हुँदा चाँदीको मूल्य पनि निरन्तर उकालोमा छ । आइतबारको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको बृद्धिको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट