मेष, मिथुन र कन्या राशीलाई लाभ, तपाईंको दिन कस्तो ?-Sutra News

मेष, मिथुन र कन्या राशीलाई लाभ, तपाईंको दिन कस्तो ?

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

आजको राशिफल विं.सं. २०८० चैत १९ गते सोमबार । सन् २०२४ अप्रिल १ तारिख । खाज अप्रिल फुल दिवस । आज नेपालमा सूर्योदय बिहान ५ः५४ बजे भयो भने सूर्यास्त साँझ ६ः२१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…



मेष

दिन शुभदायी छ । असल कार्यमा अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । साझेदारीको काममा लाभ छ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष

कार्य९व्यवहारमा पहिलेका कमी९कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकोले विशेष सावधानीको आवश्यकता छ । मित्रजनको साथ र मिठो भोजन प्राप्त गर्नुहुनेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

मिथुन

उपलब्धिको स्रोत पहिल्याउन सकिने समय छ, तथापि अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यको लागि आज खानपानमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आश मारेको काम बन्ने योग छ । मित्रमिलन हुनेछ भने प्रेमभाव बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट

मिहेनतको फल प्राप्त हुने समय भएपनि आजको दिन अरूको भरपर्दा धोका मिल्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्ला । परिवारजनका आवश्यकता पूरा हुनेछन् । व्यस्तता र खर्च बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण एवम् खेलकुद तथा भ्रमणमा रुचि बढ्नेछ ।

सिंह

आजको दिन दीगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम र आरोग्यता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

समय शुभदायी छ । मान महत्व र धन बढ्नेछ । भौतिक वस्तु लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पारिवारिक सुख शान्ति बढ्नेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

वादविवादमा परिने सम्भावना भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले आजको दिन होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । खर्च वृद्धि हुन सक्छ, योजना बनाएर मात्र व्यवहार गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता रहनेछ । यात्रागत काम सम्पन्न हुनेछ ।

बृश्चिक

चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्ना ठानेकाले धोका दिन सक्ने योग छ । विलासी भाव बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु

अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने परिस्थिति आएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । मेहनत खेर नजाने समय छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर

कर्मबल बढ्नेछ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तर मेहनतले विशेष उपलब्धि दिलाउला । सामान्य मात्रामा खर्च वृद्धि हुने योग छ । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रा सफल रहला ।

कुम्भ

केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ । हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने समय छ ।

मीन

दौडधुप बढ्नेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा भएपनि बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट