फिल्म ‘खजुरे ब्रो’को रमाइलो गीत ‘लभ गर्ने मान्छे’-Sutra News

फिल्म ‘खजुरे ब्रो’को रमाइलो गीत ‘लभ गर्ने मान्छे’

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । फिल्म ‘खजुरे ब्रो’ को पहिलो गीत सार्वजनिक गरिएको छ।



बैशाखको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीत कमेडी फ्लेवरमा तयार पारिएको छ । अनमोल राईले लेखेको यो गीतमा अनमोल स्वयंमको र अनुपम राईको स्वर रहेको छ । फिल्मका अधिकांश कलाकारहरूलाई प्रस्तुत गरिएको गीत र भिडियो दुवै रमाइलो खालको छ।  गीतले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त रहेको छ ।

कमेडी जनरामा बन्नेको यो फिल्मलाई धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा बनेको हो। यस फिल्मलाई सुरज सुनुवारको निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक सुनुवार स्वयम् कै लेखन रहेको छ। सुनुवारले ८ बर्ष अघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका थिए।

नबीन मानन्धर र सुरज सुनुवारको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्।

प्रदीप भण्डारी लाइन प्रोडुसर रहेको यो फिल्ममा शिशिर बिसंखेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । यस्तै, फिल्मका गीतमा अनमोल गुरुङको संगीत रहेको छ ।

फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुष्कर गुरुङ, मनिष राउत, पवन लिम्बु, प्रकेश भुजेल, प्रेम सुब्बा, सुजता राई, दीप चन्द्र राई लगायतको अभिनय छ । यही फिल्मबाट नायिका नीति शाहले फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन् । तर, सार्वजनिक भएको गीतमा उनको परिचय मात्रै गराइएको छ ।

फिल्ममा खजुरे ब्रोको भूमिका रेयरले निर्वाह गरेका छन्।

दिव्य दृश्य इन्टरटेन्टमेन्टले मान्द्रो प्रोडक्स्न मल्टीप्रपोजसँग सहकार्य गरेर निर्माण गरिएको यो फिल्मको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौँमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट