शेयर बजारमा निराशा : १७* अंकले घट्दा १७२ कम्पनीको मूल्य घट्यो-Sutra News

शेयर बजारमा निराशा : १७* अंकले घट्दा १७२ कम्पनीको मूल्य घट्यो

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार १७.३० अंकले घट्दै बजार २०१८.३३ को बिन्दुमा ओर्लिएको छ ।



आइतबार बजारमा तीन अर्ब २० करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३१६ कम्पनीको ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच भएको हो ।

आइतबार कारोबारमा आएका २४५ कम्पनीमध्ये ६३ कम्पनीको मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यसदिन माया खोला हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने गरिमाको ऋणपत्र, उन्नती सहकार्य लघुवित्त, ज्योति विकास बैंक बण्ड, मण्दकिनी हाइड्रोलगायत कम्पनीको मूल्य उच्च अंकले बृद्धि भएको छ ।

दोस्रो बजारमा कारोबार सुरु भएदेखि लगातार बृद्धि भइरहेको सर्वोत्तम सिमेन्टको मूल्य यसदिन ९.९९ प्रतिशतले घट्यो भने बोटलर्स नेपाल (बालाजु), सिवाइसी नेपाल लघुवित्त, समाज लघुवित्तलगायतको मूल्य उच्च अंकले घट्यो ।

यस दिन सर्वाधिक सर्वोत्तम सिमेन्टको मूल्यमा गिरावट मात्रै आएन, मूल्य घट्दा लगानीकर्ता बिक्री गर्न आत्तिए । दुई लाख ८६ हजार ८९३ कित्ता शेयर खरिद–बिक्री हुँदा सर्वोत्तम सिमेन्टको कारोबार रकम मात्रै २८ करोड ६८ लाख ९३ हजार रुपैयाँ बराबरको भयो ।

नाेट : यसअघि समाचारमा अन्यथा भएकाेमा सच्चाइएकाे छ । धन्यवाद । सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट