यसरी हेर्नुहोस् नेपाल र भारतीय टोली गुजरातको क्रिकेट लाइभ (भिडिओ लाइभसहित)-Sutra News

यसरी हेर्नुहोस् नेपाल र भारतीय टोली गुजरातको क्रिकेट लाइभ (भिडिओ लाइभसहित)

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । मंगलबार दिउँसो नेपालले र भारतको स्टेट टोली गुजरातसँग त्रिकोणात्मक टी २० सिरिज (फ्रेन्डसिप कप)अन्तर्गत पहिलो खेल खेल्दै छ ।



खेल नेपाली समयअनुसार खेल दिउँसो २ः४५ मा हुने छ । खेल नेपाल क्रिकेट संघको आधिकारिक युट्युब च्यानल क्रिकेट एसोसियन अफ नेपाल (क्यान)मार्फत हेर्न सकिन्छ ।

नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीका रुपमा नेपालले सिरिज खेल्न लागेको हो ।

भिडिओ  लिङ्क

बरोडा र गुजरात दुवैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्ने छ । चैत २१ गुजरातसँग खेल्ने छ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्ने छ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट