गृहमन्त्री लामिछानेलाई किन भेट्न पुगे मेयर साम्पाङ्ग ?-Sutra News

गृहमन्त्री लामिछानेलाई किन भेट्न पुगे मेयर साम्पाङ्ग ?

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ग राईले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । आइतबार मन्त्री लामिछानेलाई भेट्न मेयर राई सिंहदरबारस्थित् गृह मन्त्रालय पुगेका हुन् ।



बताइएअनुसार साम्पाङ्गले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानको सन्दर्भमा लामिछानेसँग छलफल गरेका छन् । उनले उक्त अभियानमा सहभागि हुन पनि लामिछानेलाई आग्रह गरेका छन् ।

साथै, मेयर साम्पाङ्गले धरानका लागि इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको पनि माग गृहमन्त्री लामिछानेसमक्ष राखेका छन् ।

भेटमा इलाम–२ मा हुँदै गरेको उपनिर्वाचनबारे पनि छलफल भएको बुझिएको छ । यद्यपि, उपनिर्वाचनमा मिलेर जाने विषयमा सहमति नभएको बुझिएका छ ।

इलाम–२ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेवार बनाउँदा मेयर साम्पाङ्गले भने पहिचानवादी अभियन्ता डेकेन्द्रसिंह थेगिमको पक्षमा अभियान चलाउँदै आएका छन् ।

मेयर साम्पाङ्ग गृहमन्त्री लामिछानेको कटु आलोचकका रुपमा चिनिन्छन् । लामिछानेका गतिविधि र निर्णयमाथि तिखो शैलीमा साम्पाङ्गले आलोचना गर्दै आएका छन् ।

शनिबार लिम्बुलाई उम्मेदवार घोषणा गर्न भएको रास्वपाको भेलालाई समेत साम्पाङ्गले उछितो काडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट