‘मीराः स्याडो अफ अ रेन्बो’का दुई पोस्टर सार्वजनिक-Sutra News

‘मीराः स्याडो अफ अ रेन्बो’का दुई पोस्टर सार्वजनिक

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ।



यो फिल्मले एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथा भन्छ ।

फिल्मकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने बताइन्।

‘अटिजम भनेको कुनै रोग होइन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्ध हामीले फिल्ममा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसङ्ग फिल्ममा पाइन्छ ।’ उनले भनिन् ।

फिल्ममा रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि फिल्ममा रहेको बताइन् । पण्डितले भनिन्, ‘प्राकृतिक रूपमा नै फरक महसुस गर्ने महिलाहरूको कथा समेत यस फिल्ममा रहेको छ । बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमुख कथा हो ।’ यो फिल्ममा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ ।

आश्वि फिल्म्सले फिल्म निर्माण गरेको  यस फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमुख अभिनय रहेको छ । रिलिजबारे भने केही खुलाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट