नेपाल चलचित्र सङ्घको अध्यक्षमा महर्जन विजयी-Sutra News

नेपाल चलचित्र सङ्घको अध्यक्षमा महर्जन विजयी

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । हल सञ्चालक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन विजयी भएका छन् ।



शनिबार आयोजना भएको संस्थाको ४९ औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

आइतबार विहान घोषणा गरिएको नतिजा अनुसार अध्यक्षमा महर्जनले एक सय ४ मत, प्रतिद्वन्द्वी कुवेर शर्माले ४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत शान्तिप्रियले जानकारी दिए । उनका अनुसार दुई मत बदर भएको थियो । अध्यक्ष महर्जन प्रदर्शकसँगै चलचित्र निर्माता तथा वितरक समेत हुन् ।

यस्तै, संघको सदस्यमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, गोविन्द शाही, देवेन्द्र खड्गी, प्रज्ज्वल शमशेर राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, निरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा विजयी भएका छन् ।

चलचित्र संघको विधान अनुसार, अध्यक्ष बाहेक अरु सबै सदस्य पदमा निर्वाचित हुन्छन् । अब, आइतबार बस्नेत नयाँ कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष मनोनित गर्नेछ । तीन वर्षका लागि सत्र सदस्यको कार्यसमिति निर्वाचित भएको र पहिलो वैठकले आवश्यकता अनुसार पद बाँडफाँड गर्ने उनले जानकारी दिए ।

संघको साधारण सभाको उद्घाटन सत्रको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट