महालेखापरीक्षकमा तोयम रायमाझीको नाम सिफारिस-Sutra News

महालेखापरीक्षकमा तोयम रायमाझीको नाम सिफारिस

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझी सिफारिस भएका छन् । संवैधानिक परिष्दको आइतबार बिहान बसेको बैठकले रायमाझीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।



उनलाई ६ वर्षे कार्यकालका लागि सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरले जानकारी दिएकी छिन् ।

महालेखा परीक्षकमा सिफारिस भएका रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिवकाे जिम्मेवारीमा छन् ।

महालेखापरीक्षक एक वर्षदेखि रिक्त थियो । ७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको थियाे ।

यद्दपि, दलहरूबीच सहमति नजुट्दा महालेखापरीक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट