‘बोक्सीको घर’को लागि प्रकाश र समीक्षाले गाए गीत-Sutra News

‘बोक्सीको घर’को लागि प्रकाश र समीक्षाले गाए गीत

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । फिल्म ‘बोक्सीको घर’को  केही हप्ता अघि सार्वजनिक गरिएका टिजर, बोक्सी लुक्स पोस्टर र गीत ‘जिन्दगीको कथा, यता न उता’ले राम्रै चर्चा पाइरहेको छ ।



फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा केकी प्ररचारप्रसारमा व्यस्त छिन् । सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् ।

आगामी वैशाख १४ गते रिलिज हुने फिल्म ‘बोक्सीको घर’को यहि परिप्रेक्ष्यमा गायक प्रकाश सपुत र गायिका समीक्षा अधिकारीले फिल्मको लागि गीत गाएका छन्। ‘बुझिनँ मैले’ शीर्षकको यस गीतमा गायक प्रकाशकै शब्द र सङ्गीत रहेको छ।

यस गीतको हालै मात्र भिडियो छायांकन पनि भएको छ। भिडियोमा यस फिल्मको शीर्ष भूमिकामा रहेकी केकी नै फिचर्ड छिन्। गायक प्रकाशले अभिनेत्री केकीसँग फिल्म ‘परदेशी २’ र गीत ‘बदला बरिलै’मा सहकार्य गरेका थिए।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको यस फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ।

केकी फिल्मकी निर्माता समेत हुन्। यसमा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् ।

फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट