घण्टी बजाएर इलाम २ मा रास्वपाले गर्‍यो उम्मेदवारी घोषणा-Sutra News

घण्टी बजाएर इलाम २ मा रास्वपाले गर्‍यो उम्मेदवारी घोषणा

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी घोषणा गरेको छ ।



पार्टी सभापति रवि लामिछानेसहित इलाम पुगेको टोलीले इलाम पुगेर उम्मेदवार घोषणा गरेको हो । इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर ३ की सांसद तोशिमा कार्कीसहित नेताहरूले सम्बोधन गरेका थिए ।

कोशी प्रदेश नामाकरणलाई लिएर असन्तुष्ट रहेका लिम्बु रास्वपाबाट उम्मेदवारी दिएसँगै उनको मुख्य प्रतिस्पर्धा प्रमुख सत्ता गठबन्धन एमालेकै सुहाङ नेम्वाङ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट