बीच सडकमै बस दुर्घटना, तस्वीर बन्यो भाइरल-Sutra News

बीच सडकमै बस दुर्घटना, तस्वीर बन्यो भाइरल

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । पोखराको लेखनाथमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस दुर्घटना भएको हो ।



दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बसमा चालक र सहचालक मात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीले जनाएँको छ । बस दुर्घटना भएसँगै तस्वीर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बस बीच सडकमा ठाडै उभिएको छ । जसका कारण तस्वीर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट