रोकेर राखेको बसमा ठोक्कियो कार, तीन जना घाइते-Sutra News

रोकेर राखेको बसमा ठोक्कियो कार, तीन जना घाइते

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । रोकेर राखेको बसमा कार ठोक्किँदा तीन जना घाइते भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो ।



शनिबार बिहान पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना ५ ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बाग्मती बी एसी ५७४० नम्बरको कार बसको पछाडिको भागमा ठोक्किएको हो ।

दुर्घटना हुँदा कार चालक पोखरा महानगर २५ बस्ने ३१ वर्षीय विकास त्रिपाठी, कारमा सवार पोखरा महानगर १६ बस्ने ३२ वर्षीय विकास बानियाँ र वडा नं. १९ बस्ने ३१ वर्षीय सञ्जिप भण्डारी घाइते भएका छन् ।

घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट