![anmol-kc (2)](https://www.sutranews.com/wp-content/uploads/2024/03/anmol-kc-2.jpg)
![अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को पोस्टर सार्वजनिक](https://www.sutranews.com/wp-content/uploads/2024/03/anmol-kc-2.jpg)
काठमाडौं । फिल्म ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले फिल्मका मुख्य नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको हो ।
आउँदो बर्षको जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक पोस्टरमा अनमोललाई मात्रै प्रस्तुत गरिएको छ ।
फिल्म ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा गुरुङकै कथा तथा पटकथा रहेको छ ।
लभ स्टोरी जनरामा बनेको यो फिल्ममा अनमोलसँगै नायिका जसिता गुरुङको मुख्य भूमिका छ । फिल्ममा पहिलो पटक अनमोलको जोडीको रूपमा जसिता देखिँदै छिन्। यस्तै, फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।
रोहित अधिकारी र ओम प्रकाश अग्रवालले निर्माण गरेको फिल्ममा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माता छन्।
रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्मलाई रोहितले ओएसआर डिजिटलसँग सहकार्य गरेर निर्माण गर्न लागेका हुन्।
अनमोल यो फिल्मलाई लिएर निकै उत्साहित छन् । उनी ‘फर्की फर्की’बाट करिअरलाई नयाँ दिशा दिन चाहन्छन् । यो फिल्मको कथावस्तु आफूले यसअघि काम गरेका फिल्मको भन्दा फरक रहेको भन्दै दर्शकको माया पाउने विश्वास व्यक्त गरेका छन् ।