झुण्डिएको अवस्थामा फेला परिन् डाक्टर प्रतिभा-Sutra News

झुण्डिएको अवस्थामा फेला परिन् डाक्टर प्रतिभा

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।



बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रहरीका अनुसार ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रतिभाका श्रीमान पनि डाक्टर नै छन् ।

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी वृत कालिमाटीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट