दर्शकको नजरमा परेको ‘डिग्री माइला’, भन्छन्- कस्तो घमन्डी दयाहाङ-Sutra News

दर्शकको नजरमा परेको ‘डिग्री माइला’, भन्छन्- कस्तो घमन्डी दयाहाङ

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । अहिलेको समयमा फिल्म फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ले दर्शकहरुको निकै ध्यान केन्द्रित गरेको देखिन्छ । जसको मुख्य कारण यस फिल्मको मजबुद टिम नै हो ।



रामबाबु गुरुङ निर्देशित यस फिल्मबाट दर्शकले निकै आश गरेको देखिन्छ । साथै, अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडिलाई पनि दर्शकले औधि मन पराइरहेका छन् ।

उसो त, दयाहाङ र मिरुनाको जोडि हिट छ तर, फिल्म डिग्री माइलामा आँचलसँग अझ ज्यादा रोमान्टिक देखिएका छन् दयाहाङ । उनीहरुको जोडिलाई पर्दामा हेर्न दर्शकहरु निकै आतुर देखिन्छन् ।

नयाँ वर्षको अवसर पारेर चैत्रको ३० गतेबाट प्रदर्शनमा आउन लागेकाे फिल्मले ‘किन चाउरिस मरिच, आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । यो फिल्म अभिनेता दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा निर्माण गरिएको हो ।

विशेषगरी, फिल्मले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशालाई पोखिएको छ । डिग्री पास गरेको एक युवकले गाउँ पसेपछि देखाउने घमन्ड र गफको कथा समावेश गरिएको छ भने आफैंलाई अहम् ठान्ने डिग्री माइलाको चरित्रमार्फत मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको छ ।

यता, यसअघि सार्वजनिक भएका टिजर र ट्रेलरको हाइपले दर्शक माझ प्रतिक्षित फिल्मको सूची बनाइसकेको छ । फिल्मको टिजर र ट्रेलरमा समावेश संवादहरूलाई दर्शकले बढी मन पराएका छन् । गाउँ ठाउँका कथा भन्न माहिर निर्देशक गुरुङले आफ्नै भन्ने शैली बनाएर दर्शकलाई हसाउँदै मनोरञ्जन दिँदै आइरहेका छन् । अब फेरि ‘डिग्री माइला’मार्फत थप मनोरञ्जन दिने प्रयास गरिरहेको छ । टिजर र ट्रेलर हेरेका दर्शकले फिल्म हेरुन्जेल रमाइलो तड्का पाउने अनुमान लगाइरहेका छन् ।

टिजरमा दयाहाङले सिजी गुरुपको नाम लिँदै सो कम्पनीले चार लाख तलब दिँदा पनि आफूले त्यहाँ जागिर नखाएको र चौधरी आफै धनी छ, धनीमाथि के धनी बनाउनु भन्ने संवाद प्रयाेग गरेपछि थप चर्चा भयाे । जुन टिजरकाे क्लिप्सलाइ अर्बपति बिनोद चौधरीले सामाजिक सञ्जालमा सेयर गरेर भनेका थिए- मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनु हुन्छ जस्तो छ ।

फिल्मको टिजर र ट्रेलर हेरोका दर्शहरुले दयाहाङको चरित्र कस्तो अटेरी खाले भनेको नमान्ने भनेर प्रतिक्रिया जनाइरहेका छन् । यसले पनि अन्य फिल्ममा एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फरक भूमिका देख्न पाउने निश्चित छ । साथै, दयाहाङ र आँचलको प्रेम र नोकझोकलाई दर्शकले मन पराउन सक्छन् ।

रोचक शैलीमा भनिएका केही यस्ता संवाद छन्, जसले दर्शकलाई रमाइलो हाँसोको मज्जा दिएको पाइन्छ । यी संवादहरूले दर्शकलाई कहीँ न कहीँ फिल्मप्रति आकर्षित गरेको देखिएको छ । अब, दर्शकले साथ दिएको खण्डमा यो फिल्मले बिष्फोटक व्यापार गर्ने अनुमान लगाउन सकिन्छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा सुष्मा प्रोडक्शनको सहकार्यमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, शेखर चापागाँई, हिउँवाला गौतम लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङको लगानी छ । फिल्ममा कृष्ण लामा कार्यकारी निर्माताको रुपमा छन् । शिवराम श्रेष्ठ र रिले एस सेनको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रेनशा वान्तवा राइको कोरियोग्राफी छ ।

यी हुन् दर्शकले रूचाएका संवाद

मलाई तलब दिने हैसियत छ ? कोक खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो । कन्ट्रि हेडका अफर छ । दश लाख रुपैयाँ तलब, गाडीड्राइभर, बस्ने क्वार्टर, संसार घुम्ने फ्रि एयर टिकट -सक्छौ ?

स्तर मिल्दैन हो भाइ हो, बुझ न । तेरो आगनमा आएर मेसीले फुटबल खेल्छ ।

नडराउ मैले चाहेँ भने दुई घण्टामा गाउँमा हेलिकप्टर र सेना झरेर गाउँ नै हरियो बनाइदिन्छु ।

सहरमा मिस नेपालहरू म जस्तो हेन्डसम र ट्यालेन्ट केटो नपाएर कुमारी बसेका छन् ।

तेरो घरमा ऐन छैन ? कुवामै गएर भए पनि एकपटक तेरो अनुहार हेर ।

अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट