स्वीट्जरल्याण्ड घुमेर स्वेदश फर्कियो सभामुख नेतृत्वको प्रतिनिधिमण्डल-Sutra News

स्वीट्जरल्याण्ड घुमेर स्वेदश फर्कियो सभामुख नेतृत्वको प्रतिनिधिमण्डल

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आइपियू) को एक सय ४८औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ ।



यही चैत १० देखि १४ गतेसम्म संघको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा संघीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी थिए ।

यस्तै, राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलबासे, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए ।

सभामुख घिमिरेको टोली एक साता लामो भ्रमणमा गएपछि प्रतिनिधि सभा बैठक पनि प्रभावित भएको छ । सभामुखले बैठक चलाउने अनुमति समेत उपसभामुखलाई नदिइ भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट