घाँटी दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय-Sutra News

घाँटी दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

घाँटीको जलन र दुखाइले धेरै मानिसहरू हैरानीमा परेको भेटिन्छ । जसका कारण खान र पिउन समेत मुस्किल हुन्छ ।



तर, यस्तोमा कतिपय घरेलु उपायबाटै पनि समस्या समाधान गर्नसक्ने विज्ञहरू बताउँछन् । यहाँ विज्ञहरुले बताएका केही सुझाबबारे चर्चा गरिएको छ ।

कसरी पाउन सकिन्छ घाँटीको जलनबाट छुटकारा ?

घाँटी दुख्ने समस्याबाट छुटकारा पाउन अदुवाको उपयोग निकै फाइदाजनक हुन्छ । घाँटी दुखेको बेलामा अदुवाको चियाले निकै राहत दिलाउन सक्छ ।

घाँटी दुखाईमा मह पनि एक औषधि हो । महले घाँटीको इन्फेक्सन हटाउन धेरै मद्दत गर्छ। यसमा एन्टी ब्याक्टेरियल र एन्टि भाइरल गुण पनि हुन्छ ।

कालो मरिजले तपाईंलाई आफ्नो दुखाइ कम गर्न धेरै मद्दत गर्दछ। कालो मरिज एन्टि ब्याक्टेरियल र एन्टि भाइरल जस्ता फाइदाजनक गुण हुन्छ । जसले कफ र जलन हटाउन काम गर्छ।

कालो मरिज पिसेर तातो पानी वा मह मिसाएर पिउनुहोस्, तपाईलाई धेरै राहत मिल्नेछ ।

हिङ तपाईंको शरीरको लागि धेरै लाभदायक छ। यसले शरीरका धेरै रोगहरूबाट छुटकारा पाउन मद्दत गर्छ। हिंङ्गमा पाइने गुण तपाईको पेटका लागि पनि निकै फाइदाजनक हुन्छ । तातो पानीमा हिंङ्ग, अदुवा र मह मिसाएर पिउनुपर्छ । तपाईंको घाँटीमा आराम दिन्छ।

घाँटी दुख्दा दूधमा बेसार मिसाएर पनि पिउन सक्नुहुन्छ, जसले पनि धेरै राहत दिनेछ । बेसारमा एन्टी ब्याक्टेरियल, एन्टी इन्फ्लेमेटरी र एन्टि भाइरल जस्ता गुण हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट