भागबण्डा मिलाउन राष्ट्रियसभाकी उपाध्यक्षले दिइन् राजीनामा-Sutra News

भागबण्डा मिलाउन राष्ट्रियसभाकी उपाध्यक्षले दिइन् राजीनामा

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । सत्ता गठबन्धनमा भागबण्डा मिलाउन उनले अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाएकी हुन् ।



माओवादीबाट उपाध्यक्ष अर्याल राष्ट्रियसभा उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध चयन भएकी थिइन् । अध्यक्षमा पनि माओवादीकै तर्फबाट दाहाल निर्वाचित भएपछि उनले राजीनामा बुझाएकी हुन् ।

यसअघि गठबन्धनभित्र उपाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । यसअघि पहिले एमालेलाई दिने सहमति भएको थियो ।

तर, गठबन्धन दलबीच उपाध्यक्ष कसको भागमा राख्ने भन्ने औपचारिक सहमति भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट