अशोक दर्जीले ल्याए नयाँ गीत ‘नशालु आँखा’-Sutra News

अशोक दर्जीले ल्याए नयाँ गीत ‘नशालु आँखा’

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौ । गायक अशोक दर्जी धेरै समयको अन्तरालपछि ‘नशालु आँखा’ बोलको गीत लिएर दर्शक माझ आएका छन् । अशोकले सार्वजनिक गरेको यो गीतले यति वेला दर्शकको औधी माया पाई रहेको छ । जसमा गायक दर्जीले पहिलो पटक शब्द र संगीत भरेका छन् ।



अशोक आफै फिचर्ड रहेको यस गीतको भिडियोमा रुस्तम राज रोका र सहिस्मा खड्काको अभिनय हेर्न सकिन्छ । भिडियोमा नितिन चन्दको डिओपी, निर्देशन र सम्पादन रहेको छ ।

आज भन्दा ५ वर्ष अगाडि काठमाडौँ आएका अशोक दर्जीलाई पहिलो पटक गीत गाउने मौका गायक तथा संगीतकार टंक बुढाथोकीले दिएका थिए । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएर सानो उमेर मै देश विदेशमा चर्चा कमाए ।

यसपछि, चौरिको चाम्रो छुर्पी, कसरी कसरी, प्रणाम, बा आमा, जस्ता गीत गाएर थप चर्चा कमाएका अशोकले पछिल्ला केही वर्षमा कुनै गीत निकाल्न सकेका थिएनन् । दर्शकहरू उनको गीत सुन्न निकै प्रतीक्षा गरिरहेका थिए, यतिकैमा अशोकले टंक बुढाथोकीको एरेन्जमा नशालु आँखा बोलको गीत बजारमा ल्याए हुन् ।

करिब एक लाख भ्यूज पुग्न लागेको यस गीतको भिडियोमा अशोक सेलिब्रिटीकै रूपमा देखा परेका छन् । लामो समय पछि कमब्याक भएका अशोकको आवाजमा परिवर्तन देखिए पनि मिठासमा भने केही कमी देखिँदैन । अझ सेलिब्रिटीको रूपमा चित्रण भएका अशोकलाई यस भिडियोमा कुनै हिरो भन्दा कम देखिएका छैनन् । चन्चले अशोकका रूपमा चिनिँदै आएका उनी अहिले निकै बुझ्ने पनि भएका छन् ।

पछिल्लो समय अशोक जस्ता मिठो आवाज भएका थुप्रै प्रतिभाहरू बजारमा आए, समय सँगै हराएर गएको देखियो । तर, अशोकले भने आफ्नो पढाइलाई समेत निरन्तरता गर्दै बिचमा केही समय हराए पनि निकै सशक्त गीत लिएर फेरि कमब्याक गरेको देख्न सकिन्छ । उक्त गीतलाई हेरेर दर्शकहरूले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । कसैले अशोकलाई यति निखारिएको मान्छे बनाउने टंक बुढाथोकी हुन् भनेका छन् त, कसैले अशोकको गीत सुन्न मन थियो अव पाइयो भनेर खुसी व्यक्त गरेका छन् । अझ कतिले त उनको आवाजसँगै उनको शब्द र संगीतको पनि चर्चा गरिरहेका छन् ।

झापा घर भएका अशोकलाई काठमाडौं आइसकेपछि गीत गाउने अवसर दिएका टंकले अहिले पनि अशोकलाई काठमाडौंमा राखेर अभिभावकत्व दिइरहेका छन् । अशोकको परिवार झापामै रहेका छन् । अशोक काठमाडौंको तिनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलमा पढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट