हार्दिक पाण्ड्याको कप्तानीबाट रिसाए ‘पठान’, दिए कडा गाली-Sutra News

हार्दिक पाण्ड्याको कप्तानीबाट रिसाए ‘पठान’, दिए कडा गाली

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर मुम्बाई इण्डियन्सका हार्दिक पाण्ड्याको कप्तानीप्रति आक्रोशित बनेका छन् ।



पूर्व क्रिकेटर इरफान पठानले हार्दिक पाण्ड्याप्रति आक्रोश पोखेका हुन् । पठानले आफ्नो सामाजिक सञ्जाल ट्वीटर ह्याण्डलमा ट्विट गर्दै पाण्ड्याको आलोचना गरेका हुन् ।

बुधबार राति सम्पन्न सनराइजर्स हैदरावादले दिएको २७८ रनको लक्ष्य पछ्याउन आएका मुम्बईका ब्याट्सम्यानले पनि बलियो जवाफी आक्रमण गरेका थिए । तर, ब्याटिङमा केही कमजोर साबित भए- त्यो कप्तान हार्दिक पाण्ड्या नै भएको पठानको भनाइ छ ।

हार्दिक पाण्ड्याले २० बलमा एक चौका र एक छक्काको मद्दतमा २४ रन बनाउन सके । उनी जयदेव उनाडकटको बलमा विकेट किपर क्लासेनको हातमा क्याच आउट भएपछि फर्किए ।

हार्दिक पाण्ड्याको ब्याटिङमा इरफान पठान पनि आक्रोशित बनेका हुन् । जसलाई उनले व्यक्त गर्न हिचकिचाउँदैनन् । पठानले ट्वीट भने, “यदि सम्पूर्ण टोली २०० को स्ट्राइक रेटमा खेलिरहेको छ भने कप्तानले १२० को स्ट्राइक रेटमा ब्याटिङ गर्न सक्दैनन् ।”

उनले हार्दिक पाण्ड्याको खराब निर्णयको नतिजा सम्पूर्ण टिमले भोग्नु परेको दाबी गरेका छन् । मुम्बईले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । खराब प्रदर्शनका कारण हार्दिकको नेतृत्वमा रहेको मुम्बई आईपीएल २०२४ को अंक तालिकामा ९ औँ स्थानमा झरेको छ ।

हार्दिकलाई कप्तान बनाएपछि मुम्बईका लागि राम्रो नभएको पठानको भनाइ छ । मुम्बई टोली दुई गुट (रोहित-हार्दिक)मा विभाजित भएको अनुमान छ ।

अब, अर्को खेलमा मुम्बईले बलियो कमब्याक गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ । मुम्बईले आफ्नो अर्को खेल सोमबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट