आईपीएलको एकै खेलमा बनेका अनेक रेकर्डहरू-Sutra News

आईपीएलको एकै खेलमा बनेका अनेक रेकर्डहरू

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०
फाइल

काठमाडौं । गत राति इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद र मुम्बाई इण्डियन्सबीच खेल सम्पन्न भयो । मुम्बई ३१ रनले पराजित खेलमा अहिलेसम्मकै सर्वाधिक उच्च स्कोरको रन बन्न पुग्यो ।



हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले तीन विकेटको क्षतिमा २७८ रनको कीर्तिमानी लक्ष्य पेश गर्यो । लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४६ रन बनायो ।

बुधबार सम्पन्न खेलमा अनेक विश्व रेकर्ड बन्न पुगेको छ । जुन यस प्रकारका छन् :

सर्वाधिक रन

खेलमा दुई टोलीले कूल ५२३ रन बनायो । हैदराबाद र मुम्बईले बनाएको यो रन कुनै पनि टी २० खेलमा दुई टोलीले बनाएको सबैभन्दा धेरै हो ।

यसअघि सन् २०२३ मा सेञ्चुरियनमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेलमा ५१७ रनको रेकर्ड बनेको थियो ।

सर्वाधिक छक्का प्रहार

एकै खेलमा बनेको छक्का प्रहारमा पनि रेकर्ड बनेको छ । दुई टोलीले ३८ वटा छक्का प्रहार गरेको थियो । जुन कुनै पनि टी २० खेलमा हिर्काइएको सबैभन्दा धेरै छक्का हो ।

खेलमा हैदराबादले १८ र मुम्बईले २० वटा छक्का हिर्काएको थियो । यसअघि सन् २०१८ मा अफगानिस्तान प्रिमियर लिगमा बाल्ख लिजेन्ड्स र काबुल जवानानविरुद्धको खेलमा ३७ वटा छक्का प्रहार भएका थिए ।

त्यस्तै, सन् २०१९ मा सीपीएलमा सेन्ट किट्स र नेभिस प्याट्रियट्सविरुद्ध पनि ३७ छक्का नै प्रहार भएको थियो ।

आईपीएलमा उच्च स्कोर

सनराइजर्सले मुम्बईविरुद्ध तीन विकेटको क्षतिमा २७७ रन बनायो । जुन आईपीएलको इतिहासमा सबैभन्दा उच्च स्कोर हो । तर, समग्रमा नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रन नै सबैभन्दा ठूलो स्कोर हो ।

यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पुणे वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।

कम विकेटको क्षतिमा ठूलो रन

सनराइजर्सले बनाएको २७७ रनको स्कोर कम विकेटको क्षतिमा बनेको स्कोर हो । यसअघि एसियन गेम्समा नेपालले मंगोलियाविरुद्ध तीन विकेटकै क्षतिमा ३१४ रन, सन् २०१९ मा अफगानिस्तानले देहरादुनमा बनाएको तीन विकेटकै क्षतिमा २७८ रन र सन् २०१९ मा चेक रिपब्लिकले बनाएको चार विकेटको क्षतिमा २७८ रन रहेको छ ।

लक्ष्य पछ्याउँदा नयाँ रेकर्ड

हैदराबादले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा मुम्बाईले नयाँ रेकर्ड बनाएको छ । मुम्बाईले पाँच विकेटको क्षतिमा २४६ रन बनाएको थियो । कुनै पनि टोलीले आईपीएलमा बनाएको पाँचौँ ठूलो स्कोर हो भने विशाल लक्ष्य पछ्याउँदा बनेका नयाँ रेकर्ड पनि हो ।

एकै खेलमा चार मिनेटमा तोडिएको रेकर्ड

बुधबारको खेलअघि हैदराबादका ब्याटरले २० बलभन्दा कममा ५० रन बनाएको अवसर थियो । तर, बुधबार ट्राभिस हेडले १८ बलमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड बनाए ।

तर, त्यसको चार ओभरपछि अभिषेक शर्माले उक्त रेकर्ड १६ बलमा अर्धशतक बनाउँदै तोडे । यसअघि विभिन्न खेलमा २० बलमा अर्धशतक बनेको रेकर्ड थियो ।

कम बलमा दुई खेलाडीले बनाएको रन

हेड र अभिषेक शर्मा २० बलभन्दा कममा अर्धशतक बनाए । जुन यसअघि एउटै खेलमा २० भन्दा कम बलमा बनाएको रेकर्ड थिएन ।

बिना विकेट सर्वाधिक रन खाने

मुम्बाईका क्वेना माफाकाले बिना विकेट ६६ रन खाए । आईपीएलमा कुनै पनि बलरले खर्चेको तेस्रो सबैभन्दा धेरै रन हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट