नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड-Sutra News

नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ११ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि चैत ८ गते एक लाख २७ हजार ८०० रुपैयाँमा नयाँ रेकर्ड बनेको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट